अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनबीच भेटवार्ता

trump n immual

एजेन्सी, १२ बैशाख । अमेरिका र फ्रान्सले इरानसँग नयाँ परमाणु सम्झौता गर्ने तयारी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनबीच ह्वाइट हाउसमा भएको भेटवार्तामा इरानसँग नयाँ परमाणु सम्झौता गर्नेबारे छलफल भएको हो । विश्व शक्ति राष्ट्र र इरानबीच सन् २०१५ मा भएको परमाणु कार्यक्रम अमेरिकाले अस्विकार गर्दै आएको छ ।

दुई नेताबीचको भेटपछि ह्वाइट हाउसमा गरिएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले पुरानो सम्झौतालाई पागलपनको संज्ञा दिए । ट्रम्पले यसअघि पनि यो परमाणु सम्झौता सबैभन्दा खराव सम्झौता मध्येको एक भएको बताउँदै आएका थिए । बाराक ओवामाको कार्यकालमा भएको सम्झौता आगामी मे १२ देखि भंग गरिने ट्रम्पले बताए । फ्रान्सका राष्ट्रपति म्याक्रोनले भने इरानसँग नयाँ सम्झौता गर्नेबारे आफुहरुबीच छलफल चलिरहेको बताए ।

नयाँ सम्झौताले इरानको परमाणु कार्यक्रमलाई नियन्त्रणमा राख्न सकिने उनको भनाई थियो । यसैबीच जर्मन चान्सलर एन्जेला मर्केल पनि शुक्रबार अमेरिका जाँदैछन् । जर्मनी भने इरानसँगको पुरानै सम्झौता लागु गराउने पक्षमा देखिएको छ ।