रसुवा, ११ वैशाख । रसुवागढी नाकामा अपराधिक गतिविधि नियन्त्रण गर्न सीसी क्यामेरा जडान गरिएको छ । चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीमा अपराधिक गतिविधि नियन्त्रण गर्न १२ वटा सीसी क्यामेरा जडान गरिएको छ ।
भन्सार कार्यालयका अनुुुसार नाकामा व्यापारिक कारोबार बढेपछि रसुवागढी नाकादेखि टिमुरेसम्म सीसीटीभी जडान गरिएको हो ।
भूकम्प र पहिरोको कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकामा व्यापारिक कारोबार बढेको छ ।