काठमाडौं, ११ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जनकपुर विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।
धनुषाको जनकपुरमा आज संचारकर्मीसँग मन्त्री अधिकारीले जनकपुर विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउन कार्ययोजना बनाइरहेको बताए । उनले १५ सय मिटर रनवे बनाउने गरी कार्ययोजना तयार पारेको बताउँदै जग्गा मुआव्जाको काम छिट्टै सुरु हुने बताए । मन्त्री अधिकारीले जनकपुर विमानस्थलमा रात्रीकालीन सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरेको बताए ।