एजेन्सी, १० वैशाख । दक्षिण कोरियाले सीमा क्षेत्रमा उत्तर कोरिया तर्फ फर्काइएका लाउड स्पिकर बन्द गरेको छ । यसले दुई देश मिलनतर्फ अघि बढेको प्रष्ट्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दक्षिण कोरियाले सीमा क्षेत्रमा उत्तर कोरियातर्फ फर्काएर दर्जनौँ लाउड स्पिकर राखेको थियो । तर, अहिले दुई देशका शीर्ष नेताबीच वार्ता हुने तयारी भएपछि ब्रोडकास्टिङ्ग प्रोपोगाण्डा बन्द गरिएको बीबीसीले जनाएको उल्लेख गरेको छ ।
लाउड स्पिकरमार्फत त कोरियाली पप गीतसहित उत्तर कोरिया सम्बन्धी समाचार बजाउने गरिएको छ । यस्तो सामग्री सीमा नजिक रहेका उत्तर कोरियाली सेना तथा सर्वसाधारण नागरिकले सुन्ने गरेका थिए ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाका नेता किम जोङ–उनबीच आउँदो शुक्रबार सिओलमा वार्ता हुँदैछ । वार्ताको वातावरण बनाउनका लागि दक्षिण कोरियाले लाउड स्पिकर बन्द गरेको हो ।




