क्यानडाको टोरन्टोमा भ्यानको ठक्करबाट १० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

क्यानडाको टोरन्टोमा भ्यानको ठक्करबाट १० जनाको मृत्यु

van

एजेन्सी, ११ बैशाख । क्यानडाको टोरन्टो शहरमा एक व्यक्तिले भ्यानमार्फत पैदलयात्रीलाई ठक्कर दिंदा १० जनाको मृत्यु भएको छ ।

टोरन्टोका एक व्यक्तिले भाडामा लिइएको भ्यान पैदल यात्रु हिंड्ने व्यस्त सडकमा योजनाबद्ध रूपमा गुडाउँदा १० जनाको मृत्यु भएको हो । भ्यानको ठक्करबाट १५ जना घाइते भएका छन् । प्रत्यक्षदर्शीले चालकले पैदलमार्गमा भ्यानलाई तीव्र गतिमा जोताएको र त्यसपछि कैयौं पटक सडक र पैदलमार्गमा ल्याउने/ लैजाने गरेको बताएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सेतो रंगको भ्यानले पैदल यात्रुले भरिएको उत्तरी टोरन्टोको बाहिरी क्षेत्रमा पर्ने पैदलमार्गमा चढेर मानिसहरूलाई ठक्कर दिएको थियो । भ्यान तीव्र गतिमा पैदलमार्गमा हुईंकिएपछि चिच्याउँदै मानिसहरुको भागदौड मच्चिएको थियो । भागदौडपछि तनावपूर्ण वातावरण बनेकामा प्रहरीले गोली नचलाई भ्यान चालकलाई नियन्त्रणमा लिएको छ । क्यानडाका अधिकारीहरुले घटनालाई योजनाबद्ध हमला भनेका छन् । टोरन्टोमा विश्वका ठूला अर्थतन्त्र भएका देश अर्थात जी सेभेनमा आवद्ध मुलुकका विदेशमन्त्रीहरूको बैठक चलिरहेका बेला यो घटना भएको हो ।

घटनालगत्तै घटनास्थल वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);