काठमाडौं, १० बैशाख । गर्मी सुरुभएसँगै पाल्पाका अस्पतालमा बिरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनका कारण जिल्ला अस्पताल पाल्पा र निजि स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको हो ।
यसअघि जिल्ला अस्पतालमा १ सय जनाले उपचार गराउने गरेकोमा आजभोलि दैनिक २ सयको हाराहारीमा बिरामीले उपचार गराउने गरेका छन् । भइरलका रुपमा समस्या देखापरेकाले अस्पतालले सचेत रहन सबैलाई आग्रह गरेको छ ।