पाँच हजार विद्यालय अझै अलपत्र ! | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

पाँच हजार विद्यालय अझै अलपत्र !

school student

काठमाडौं, १० बैशाख । भूकम्पले ध्वस्त भएको चार हजार नौ सय विद्यालय तीन वर्ष सम्म पनि बन्न सकेका छैनन्। तीन वर्षभित्र सबै विद्यालय निर्माण गरिसक्ने लक्ष्य राखिएको भए पनि अहिलेसम्म करिब तीन हजार छ सय १३ वटा विद्यालय मात्रै पुनर्निर्माण भएको जनाइएको छ।

विद्यालय पुनर्निर्माण गर्न सरकारद्वारा गठित केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख इमनारायण श्रेष्ठले सबै विद्यालय बन्न अझै दुई वर्ष लाग्ने बताए। भूकम्पबाट प्रभावित ३२ वटा जिल्लाका विद्यायको मात्र पुनर्निमार्ण भइरहेको जानकारी दिँदै उनले भने ‘देश भर बढी प्रभावित भएका ९ हजार विद्यालय मध्ये तीन वर्षमा ३२ जिल्लाका ७ हजार ९ सय २३ वटा विद्यालय लक्षित कार्यक्रम अघि बढाएका थियौं।’ भारत र चीनले प्रतिबद्धता जनाएअनुसार विद्यालय भवन बढ्न नसकेको एकाइले जनाएको छ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।