मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब ! | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब !

birjung

काठमाडौं, १० बैशाख । आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएको छ । व्यवसायीहरुलाई अनलाइनमार्फत कम्पनी दर्ताका लागि वीरगञ्जमा स्थापना गरिएको कम्पनी रजिष्टारको कार्यालयको शाखा कार्यालय गायब भएको हो ।

निषाधले वीरगञ्जको पानी ट्यांकीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा स्थापना गरेको कम्पनी रजिष्टारको कार्यालयमा अहिले न त सेवाग्राही नै गएका छन् न कर्मचारी नै छन् ।

कार्यालय स्थापना भएपछि वीरगञ्जका व्यवसायीहरु कम्पनी दर्ताका लागि काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्त हुने भन्दै खुसी भए पनि अहिले घरेलु तथा साना उद्योगका कर्मचारीलाई नै यसको कुनै जानकारी छैन ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);