काठमाडौं, १० बैशाख । जनताका समस्या सुल्झाउन र विकास निर्माण गर्न चुनिएका जनप्रतिनिधिहरु सौखिन र सुविधाभोगी बन्दै गएका छन । जनताकै थाप्लोमा आर्थिक व्यायभार पर्ने गरी उनिहरु नयाँ नयाँ सेवा सुविधा थप्न थालेका छन् ।
चुनावका बेला लोकप्रिय नारा लगाएर भोट मागेका उनीहरु अहिले भने आफैलाई सुविधा थप्न लागिपरेका हुन् । मोवाईल, सवारी साधन, विदा सुविधा, भत्ता र विभिन्न खाले सुविधा थप्नेमा स्थानीय तहका जनप्रतिनिधि नै अगाडि देखिन थालेका छन् ।,आजको नागरिक दैनिकमा शिवहरी घिमिरेले यो खबर लेखेका हुन् ।