सार्क क्षेत्रमा देखिएको असमझदारी हटाउन पहल : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

सार्क क्षेत्रमा देखिएको असमझदारी हटाउन पहल : प्रधानमन्त्री ओली

pm kp oli

काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा देखिएको असमझदारी हटाउन पहल भईरहेको बताएका छन् । सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कमा देखिएको असमझदारी हटाउन आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीसँग आग्रह गरेको बताए ।

आईतबार काठमाडौंमा ‘रिजनल कन्फरेन्स अफ सार्क इफेक्टिभनेस’ नामक पुस्तकको लोकार्पण गर्दै उनले भारत र पाकिस्तानकै कारण सार्क क्षेत्रमा देखिएको असमझदारी हटाउन अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले वार्तालाई जोड दिएको बताए । राष्ट्रहरुबीचको असमझदारीका कारण दुई देशीय, क्षेत्रीय वा अन्तर्राष्ट्रिय संगठनको औचित्यमाथि प्रश्न उठाउन उपयुक्त नहुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपालमै सार्कको सचिवालय भएकाले पनि यसको प्रभावकारी सञ्चालनका लागि आवश्यक पहल गर्ने दायित्व नेपालमाथि रहेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);