काठमाडौं, ९ बैशाख । काठमाडौंको गोंगबुमा खाजा घरको आवरणमा यौन व्यावसाय संचालन हुने गरेको खुलेको छ । महानगरीय प्रहरी प्रभाग गोंगबुले गएराति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको अपरेशनका क्रममा खाजा घरको आवरणमा यौन व्यावसाय संचालन हुँदै आएको खुलेको हो ।
प्रहरीले खाजा घरका नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये १९ जना पुरुष तथा १५ जना महिला हुन् । पक्राउ परेकामध्ये १२ जनाविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रभागका प्रमुख प्रताप पौडेलले जानकारी दिए ।