सिक्किम युनाइटेड क्लब क्वाटर फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

सिक्किम युनाइटेड क्लब क्वाटर फाइनलमा प्रवेश

१–० को पराजयसँगै संकटा क्लब बाहिरियो

इलाम, ८ वैशाख । सिक्किम युनाइटेड क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार इलामको ठूलो टुँडीखेलमा भएको खेलमा संकटा क्लबलाई १–० ले पराजित गर्दै सिक्किम क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रतिष्पर्धात्मक खेलमा ३१ औं मिनेटमा सिक्किमका सञ्जय क्षेत्रीले गरेको गोल नै निर्णायक बन्यो ।

संकटाले पाएको दर्जन बढि अवसर सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरियो । खेलमा सिक्किमका गोलरक्षक उर्गेन पिनेसो शेर्पा म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरे ।

सिक्किमले अब १२ वैशाखमा विभागीय टिम त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । माइभ्याली फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।