भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

काठमाडौं, ८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी सुरु भएको छ । परराष्ट्र मन्त्रालयले जेठको दोस्रो साता भारतीय प्रधानमन्त्रीको स्वागत गर्ने तयारी भइरहेको जनाएको छ । तर, भारतीय पक्षसँगको छलफल पछि मात्र मिति तोकिने परराष्ट्रमन्त्रालयको भनाइ छ ।

भारतीय सञ्चार माध्यमले भने मोदीले आगामी  मे ११ अर्थात  बैशाख २८ गते नै नेपाल भ्रमण गर्ने समाचार प्रकाशन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । नेपाल भ्रमणका क्रममा मोदीले जनकपुरधामको समेत भ्रमण गर्ने गरी तयारी भइरहेको जनाइएको छ ।

योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अनिश्चित भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहे पनि मोदीलाई काठमाडौंमा स्वागत गरेर चीन जाने की त्यस अघि नै चीन जाने भन्नेमा कुनै निर्णय हुन सकेको छैन ।