व्यापारघाटा कम गर्न आन्तरिक कृषि उत्पादन बढाउनुपर्छ : महरा | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

व्यापारघाटा कम गर्न आन्तरिक कृषि उत्पादन बढाउनुपर्छ : महरा

krishana mahara

काठमाडौं, ८ वैशाख । सभामुख कृष्णबहादुर महराले मुलुकमा बढ्दै गएको असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार काठमाडौंमा डा. गणेशराज जोशीद्वारा लिखित ‘नेपालको कृषि अर्थतन्त्रः विकास, चुनौती र अवसरहरु’ पुस्तकको लोकार्पण गर्दै सभामुख महराले व्यापार सन्तुलन कायम गर्न कृषि उत्पादनमा बृद्धि गर्नुपर्ने बताएका हुन् ।

उत्पादनमा बृद्धि गर्नका लागि उपलब्ध स्रोत, साधन र सीपलाई सदुपयोग गर्ने योजनाको खाँचो रहेको भन्दै उनले योजना तर्जुमामा पुस्तकले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त समेत रहेका पुस्तकका लेखक डाक्टर जोशीले अफ्रिकाका धेरै देशको उदाहरण दिँदै कुनै पनि मुलुक खाद्यान्नमा परनिर्भर भयो भने मुलुकको सम्प्रभुतामा नै आँच आउने भएकाले खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने आवश्यकता औल्याए ।

डा. माधव कार्की र डा. यमबहादुर थापाले पुस्तकको समीक्षा गरेका थिए । १४ खण्डमा बाँडिएको डा. जोशीको पुस्तक कृषि क्षेत्रको खोज, अनुसन्धानमा आधारित छ ।