बाढि प्रभावित क्षेत्रमा तत्काल अस्थायी आवासको व्यवस्था गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

२९ साउन, काठमाण्डौँ । सहरी विकास मन्त्री प्रभु साहले बाढि प्रभावित क्षेत्रका जनताका लागि अस्थायी आवासको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।

 

तराईका विभिन्न जिल्लामा बाढिपछि आवासको अभावमा जनता छटपटाईरहेका बेला मन्त्री साहले तत्काल अस्थायी आवासको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको हो ।

 

आईतबार विहान सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर उहाँले आवास महाशाखा अन्तरगतका कर्मचारीहरुलाई बाढि पीडितहरुको अवस्था बुझ्न स्थलगत निरीक्षणमा तत्काल जान पनि सचेत गराउनु भयो । मन्त्री साहले विपदको यो बेला कुनै पनि कर्मचारीहरुलाई विदामा बस्ने छुट नभएको पनि बताउनु भयो । उहाँले आवासको क्षेत्रमा काम गर्ने विभिन्न संघ, संस्था र निकायसँग बसेर एकीकृत कार्ययोजना बनाएर तुरुन्तै काम थाल्न पनि आग्रह गर्नु भयो । मन्त्री साहले बाढि पीडित जनतालाई तत्काल आवासको व्यवस्था गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको पनि स्पष्ट पार्नु भयो ।

 

बैठकमा सहभागी मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले बाढि पीडितलाई आवासको व्यवस्था गर्दा गृह मन्त्रालयसँग आवश्यक समन्वय गर्न पनि कर्मचारीहरुलाई सचेत गराउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);