चार मिनेटकाे काम १३ घन्टाकाे तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

चार मिनेटकाे काम १३ घन्टाकाे तयारी

malindo air

काठमाडौं, ८ बैशाख । मुलुककाे एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएर चौरमा पुगेर धस्सिएको मलेसियाली जहाज बाहिर निकाल्न जम्मा चार मिनेट समय लाग्यो।

यो घटनामा सबैको एउटै चासो– ‘चौरमा धस्सिएको जहाज निकाल्न चार मिनेट लाग्ने रहेछ, अनि किन विमानस्थल पुनः सञ्चालन गर्न साढे १३ घन्टा लाग्यो?’‘हो, त्यही चार मिनेटको काम फत्ते गर्न हामीलाई त्यति धेरै समय लाग्न पुग्यो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले शुक्रबार नागरिकसँग भने, ‘असाध्यै संवेदनशील काम भएका कारण जहाजको अगाडिको पांग्रा रहेको भागमा फलाम पाता राख्न खन्नेदेखि इन्जिन जोगाउन वरिपरि खाल्डो खन्नेसम्मका काम गर्न घन्टौं लाग्यो।’

उनका अनुसार जहाज धावनमार्गबाट चिप्लिएर कोटेश्वर (दक्षिणपट्टि) ‘थ्रेसहोल्ड’ क्षेत्रबाट करिब ५० मिटर पर चौरमा पुगेर धस्सिएको थियो । घटनालगत्तै विमानस्थल व्यवस्थापनले जहाज बाहिर निकाल्ने काम सुरु गरेको थियो । विमानस्थल, नेपाली सेना, नेपाल प्रहरी र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी जहाज बाहिर निकाल्न लागिपरेका थिए ।

‘बिहीबार रातिदेखि नै काम सुरु गरे पनि वर्षाका कारण काम रोकिन पुग्यो,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘पानी परेपछि चौर पनि हिलाम्मे भयो र काम अगाडि बढाउनै सकिएन । त्यसपछि एकैचोटि शुक्रबार बिहानमात्र काम सुचारु गर्‍यौं।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);