पारमाणविक र क्षेप्यास्त्र परीक्षण स्थगित गर्ने किम जोङ उनको घोषणा | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

पारमाणविक र क्षेप्यास्त्र परीक्षण स्थगित गर्ने किम जोङ उनको घोषणा

kim jong

एजेन्सी, ८ बैशाख । उत्तर कोरियाली नेता किम जोङ उनले सबै क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने घोषणा गरेका छन् । नेता किमले तत्काल लागू हुने गरी एउटा पारमाणविक परीक्षण केन्द्र बन्द गर्ने पनि घोषणा गरेका हुन् ।

किमले शान्ति तथा आर्थिक बृद्धि हासिल गर्ने उद्देष्यसहित पारमाणविक र क्षेप्यास्त्र परीक्षण स्थगित गर्ने घोषणा गरेको कोरियाली सरकारी सञ्चार माध्यमले जनाएका छन् । कोरियाली सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले आजबाट पारमाणविक र अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण बन्द गर्नेछ ।

किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मून जे इनसँग आउने हप्ता भेटवार्ता गर्दै छन् भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि आउँदो जुनमा शिखर बैठक गर्ने बताइएको छ ।

क्षेप्यास्त्र परीक्षण बन्द गर्ने किमको घोषणापछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत किमको घोषणा उत्तर कोरिया र विश्वकै लागि एकदम सुखद खबर भएको बताएका छन् ।