राजपालाई झट्का, ३३ जना लिएर बाहिरिए यादव | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

राजपालाई झट्का, ३३ जना लिएर बाहिरिए यादव

काठमाडौं, ७ वैशाख । छवटा मधेशकेन्द्रित दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी नेपाल स्थापनाको एक वर्ष भएको छ । संविधान संशोधनको माग गर्दै आएको राजपाले यो मुद्दालाई टुंगो लगाउन सकेको छैन ।

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको तराई मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक मिलेर एक वर्षअघि राजपा नेपाल बनेको थियो ।

संविधान संशोधनको मुद्दाले पार्टी एकीकरण सम्भव बनायो तर एकीकरणले संविधान संशोधन सफल पार्न भने सकेन । त्यसो त, पटक–पटक सरकारमा जाने गरेका दलहरु लामो समयसम्म सरकारमा पनि गएका छैनन् । तर, नेताहरु अलग अलग रहेका छवटा दल एक हुनु नै ठूलो सफलता मान्छन् ।

यो एक वर्ष संविधान संशोधनका लागि सरकारसँग राजपाले संघर्षमात्र गरेन, सरकारले घोषणा गरेका निर्वाचनमा पनि भाग लियो । त्यसअघि राजपा नेपालले संविधान संशोधन नभएसम्म कुनै प्रकारको चुनावमा भाग नलिने एउटै अडान लिएको थियो ।

यही अडानका कारण राजपा उसले स्थानीय तहको चुनावमा भाग लिएन । प्रतिनिधि र प्रदेशसभाको चुनावमा भाग लिए पनि राजपा नेपाल २ नम्बर प्रदेशमा मात्र सीमित रह्यो । अन्य प्रदेशमा खासै उम्मेदवार पनि उठाएन ।

त्यसले गर्दा राजपालाई राजनीतिक घाटा भयो । उसले अरु प्रदेश तर्फ ध्यान दिएन । २ नम्बर प्रदेशमा अहिले फोरम नेपालसँग मिलेर सरकार पनि बनाएको छ । संविधान संशोधनको मुद्दा जीवित राखेको राजपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दियो।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष लगायतको चुनावमा पनि भाग लियो । तर उसले उठाएको संविधान संशोधनको मुद्धा किनारा लाग्न सकेको छैन ।

गत वर्ष वैशाख ७ गते छवटा मधेशी दल मिलेर गठन भएको राजपा नेपालको यात्रामा स्थापना दिवसकै दिन तीतो समेत भोग्नु परेको छ । राजपाका केही नेताहरुले सविधान संशोधनमा चाँसो नदेखाएको भन्दै ३३ जना पार्टीबाट बाहिरिएका छन् । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टीबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरेका छन् ।

पार्टीको नाम राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) राखिएको छ । उपाध्यक्ष यादवसहित ३३ जना केन्द्रिय सदस्यहरुले राष्ट्रिय जनता पार्टीबाट छुट्टिएर नयाँ पार्टी घोषणा गरेका हुन् ।

एउटै मोर्चामा रहेका यी छवटा दल मिलेर राजपा नेपाल बनाए पनि हालसम्म साङ्गठनिक संरचनाले पूर्णता पाएको छैन । राजपाले पार्टी भित्रकै विवादका कारण संसदीय दलको नेता समेत छान्न सकेको छैन । अहिले पनि छवटै दलको भागबण्डाका आधारमा पार्टी चलिरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);