काठमाडौं, ७ बैशाख । नेकपा माओबादी केन्द्र र नेकपा एमाले बैशाख ९ गते मिल्ने कुरा चर्चामा थियो । तर, अन्तिम समयमा तयारी नपुगेको भन्दै मिति पर सरेको छ । बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस र लेनिन दिवसको अवसरमा दुई वाम पार्टी एउटा शक्ति बन्ने घोषणा गरिएको थियो । दुई अध्यक्षहरु एकता प्रक्रियालाई टुङ्याउन घन्टौ छलफलमा व्यस्त छन् । अहिलेको मूल प्रस्न भनेको ९ गते एकता किन हुन सकेन र अब एकता कहिले हुन्छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले माओबादी केन्द्रका नेता देवेन्द्र पौडेलसँग गरेको कुराकानी हेर्नुहोस् :




