त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सुचारु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सुचारु

tribhuban international airport

काठमाडौं, ७ बैशाख । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सुचारु भएको छ । मालिन्दो एयरको विमान दुर्घटनामा परेपछि गएरातिबाट बन्द रहेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल अहिले भर्खरै सुचारु भएको हो ।

विमानस्थलमा १४ घण्टापछि उडान र अवतरण नियमित भएको छ । विमानस्थल कार्यालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा चौरमा भासिएको विमान डोरीले तानेर धावन मार्गमा ल्याएपछि विमानस्थल सञ्चालनमा आएको हो ।

मालिन्दो एयरको १ सय ३९ यात्रु सवार विमान गएराति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर चौरमा भासिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);