समृद्धिका लागि चीनसँग सहकार्यः पाँच क्षेत्रमा साझेदारी प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

समृद्धिका लागि चीनसँग सहकार्यः पाँच क्षेत्रमा साझेदारी प्रस्ताव

pradip gyawali

काठमाडौं, ७ बैशाख । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पाँच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले आपसी समृद्धि प्राप्तिका लागि निर्धारण गरेका ५ क्षेत्रमा यातायात र कनेक्टिभिटी, कृषि, उधोग र प्रविधि स्थानान्तरण, मानव क्षमताको अधिकतम प्रयोग, प्रकृतिक स्रोत तथा वातावरण र व्यापार तथा लगानी रहेका छन् ।

यस्ता धेरै क्षेत्र छन्, जहाँ नेपाल र चीन आपसी समृद्धिका लागि एक अर्कालाई सघाउन सक्छन्, चाईना रिफर्म फोरमले चीनको राजधानी बेईजिङमा आयोजना गरेको २१ औँ शताब्दीमा नेपाल चीन सम्बन्ध विषयमा गोलमेच अन्तरक्रियामा परराष्ट्र ज्ञवालीले भने, मेरो दिमागमा नेपाल र चीनबीच एकअर्कासँग जोडिने पाँचवटा यस्ता क्षेत्र छन्, जहाँ हामी दु्रत आर्थिक समृद्धि प्राप्तिका लागि सहकार्य गर्न सक्छौँ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।