मुलुकलाई आत्मनिर्भर नबनाई समाजवादलाई अघि बढाउन नसकिनेः नेता गिरी | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

साउन २९, काठमाडौँ ।

सत्तारुढ नेपाली काँग्रेसका नेता प्रदीप गिरीले युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न ढिलाई गर्न नहुने धारणा राख्नु भएको छ ।

 

नेता गिरीले युवाहरुलाई अघि नबढाउने हो भने समाजवादको परिकल्पनालाई साकार बनाउन नसकिने पनि स्पष्ट पार्नु भयो । १८ औं अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर आईतबार भक्तपुरमा आयोजित ‘समाजवादको विकासमा यूवाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताहरुलाई युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह समेत गर्नु भयो । नेता गिरीले देशमा युवा पलायन बढ्दै गएकोमा पनि चिन्ता व्यक्त गर्नु भयो । युवाहरु विदेश पलायन भएकै कारण मुलुक झनै पराश्रित हुँदै गएको र समाजवादीको परिकल्पनालाई साकार पार्न झनै समस्या भइरहेको पनि स्मरण गराउनु भयो ।

 

काँगेस केन्द्रिय सदस्य प्रदिप पौडेलले मुलुकलाई आत्मनिर्भर नबनाई समाजवादलाई अघि बढाउन नसकिने स्पष्ट पार्नु भयो । उहाँले उत्पादन र वितरणको क्षेत्रलाई विस्तार गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने पनि उल्लेख गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);