सरकारको आग्रहमा भारतले कोसी ब्यारेजका ३५ ढोका खोल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारको आग्रहमा भारतले कोसी ब्यारेजका ३५ ढोका खोल्यो

Koshi Bareg

२९ साउन, काठमाण्डौँ । अविरल वर्षाका कारण पानीको बहाव उच्च भएपछि सुनसरीस्थित कोसी ब्यारेजमा ३५ वटा ढोका खोलिएका छन् ।

नेपालको अनुरोधमा भारतले कोसी ब्यारेजका ३५ वटा ढोका खोलेको हो । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूतमार्फत ब्यारेजका ढोका खोल्न भारतसित आग्रह गर्नुभएको थियो । सुनसरीको लौकही, महेन्द्रनगर, चतरा र भण्टाबारी कोसीको सबैभन्दा जोखिमपूर्ण र प्रभावित क्षेत्र मानिन्छन् ।

भारतले लक्ष्मणपुर बाँधमा भने १४ मध्ये ७ वटा ढोका खोलेको छ । सरकारले राप्ती नदीमा नेपाल–भारत सीमाभन्दा केही तल भारतले बनाएको बाँधका सबै ढोका खोलिदिन आग्रह गरेको थियो । राप्ती नदीको जलाधर क्षेत्रमा शुक्रबारदेखि ठूलो वर्षा भइरहेको छ । वर्षाले राप्ती र त्यस क्षेत्रका अन्य नदीमा पानीको बहाव वढ्दा पश्चिमी क्षेत्र डुवानमा परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);