उत्तर कोरियामाथि दबाब दिइरहनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

उत्तर कोरियामाथि दबाब दिइरहनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

donald trump

काठमाडौं, ६ बैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्जो आबेले पारमाणविक निःशस्त्रीकरणका लागि सहमत नभएसम्म उत्तर कोरियामाथि अधिकतम दबाब दिइरहनुपर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आबेले ट्रम्पको फ्लोरिडास्थित मार आ लागो रिसोर्टमा बोल्दै निःशस्त्रीकरणका लागि उत्तर कोरियामाथि अधिकतम दबाब दिइरहनुपर्ने बताएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रम्पले उत्तर कोरियाले पारमाणविक निःशस्त्रीकरण गर्नु विश्व र उत्तर कोरिया दुवैका लागि ठूलो उपलब्धि हुने बताए । उनले उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो शिखर बैठक सफल हुने विश्वास गरेको बताए ।

उनले उत्तर कोरियामा बन्दी बनाइएका तीनजना अमेरिकी नागरिकको रिहाइका लागि वार्ता भइरहेको भन्दै किमसँगको वार्ता परिणाममुखी नहुने लागेमा आफू बैठकबाट बाहिरिने बताए । ट्रम्पले बैठक असफल हुने लागे आफू किमसँगको बैठकमा सहभागी नै नहुने समेत बताए । ट्रम्पले किमसँग आगामी जुन महिनामा शिखर बैठक गर्ने अनुमान गरिएको छ । तर बैठकस्थल लगायत विषयको टुंगो लागिसकेको छैन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);