चितवन निकुञ्जमा एक सिंगे गैंडा बढेको अनुमान | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

चितवन निकुञ्जमा एक सिंगे गैंडा बढेको अनुमान

gaida

चितवन, ३ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको संख्या बढेको अनुमान गरिएको छ । विश्वमा नै दुर्लभ मानिने एक सिंगे गैंडाको संरक्षण प्रभावकारी भएपछि गैंडाको संख्या बढेको अनुमान गरिएको हो ।

केही वर्षअघिसम्म निकुञ्जको पूर्वी क्षेत्रमा देखिने गैंडा अहिले सहजै देखा पर्न थालेका छन् । उचित घाँसे मैदान र पर्याप्त पोखरीका कारण चितवन राष्ट्रिय निकुञ्जको सुखीभारमा सहजै गैंडा देख्न थालिएको छ ।

सन् २०१५ मा गरिएको राष्ट्रिय गैंडा गणना अनुसार नेपालमा ६ सय ४५ गैंडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय पाँच वटा गैंडा भेटिएका थिए । राष्ट्रिय गैंडा गणनापछि कालगतिले ४८ वटा, गत साउनमा आएको बाढीका कारण तीन वटा र चोरी शिकारीका कारण एउटा गैंडाको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);