नयाँ वर्ष २०७५ राजनीतिक आर्थिक तथा समाजिकरुपमा सकारात्मक नभएको प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

नयाँ वर्ष २०७५ राजनीतिक आर्थिक तथा समाजिकरुपमा सकारात्मक नभएको प्रक्षेपण

new year-2075

काठमाडौं, १ बैशाख । नयाँ वर्ष २०७५ मा राजनीतिक आर्थिक तथा समाजिकरुपमा सकारात्मक नभएको प्रक्षेपण ज्योतिषहरुले गरेका छन् । उनीहरुले संबत्सरको नाम विरोकृत भएको भन्दै राजा सूर्य र मन्त्री शनि परस्पर विरोधी स्थानमा रहेकाले राज्यका प्रमुख अंग राष्ट्रपति र प्रधानमन्त्रीकैबीचमा द्वन्द्व हुनसक्ने बताएका छन् ।

ज्योतिषहरुले नयाँ वर्ष २०७५ को फलादेश हेर्दै यसवर्ष राजनीतिक खिचातानी तथा राज्यपक्ष र जनताकाबीच नैं द्वन्द्व हुनसक्ने बताएका छन् । उनीहरुले विक्रम सम्बत २०७५ को नाम विरोधकृत भएको भन्दै वर्षको राजा सूर्य र मन्त्री शनि बनेर परस्पर शत्रु भाव रहने भएकाले वर्षारम्भनै प्रतिकूल रहने बताएका हुन् । जग लग्न मिथुन, बर्ष प्रवेशको दिन चन्द्रमा मीन राशिमा, शनिको नक्षत्रमा रहेको भन्दै शनि र मंगल एकसाथ हुनु एवं परस्पर दृष्टि हुनु राम्रो संकेत नभएको उनीहरुको भनाइ छ ।

ग्रहकै प्रभावका कारण विकास निर्माणका काम हुनुपर्ने भन्दा न्युन हुने, सेवा तथा सुरक्षा खर्चमा तीब्रता आउने, ऋणभार बढेर जाने हुँदा राष्ट्रमा ठूलो आर्थिक संकट आउनसक्ने सक्ने ज्योतिष भविश्ष्यबाणी छ । धार्मिक विवाद पनि बढ्ने, नेपालको राजनीतिमा बाह्य खिचातनी हुने तथा आन्तरिक रुमा समेत राष्ट्रपति र प्रधानमन्त्रीकै बीचमा द्वन्द्व हुनसक्ने बताएका छन् ।

उनीहरुले कतै अतिवृटि तथा कतै अनावृटिका समस्या देखिने भन्दै कृषि उपजमा समेत नकारात्मक असर देखिने बताएका छन् । वर्षको प्रवेश लग्न मिथुन भएकाले राज्यसञ्चालकहरू दिग्भ्रमित हुनसक्ने उनीहरुको दाबी छ । ज्योतिष फलादेश अनुसार न्यायक्षेत्र बलियो हुने र शैन्य प्रंभाव बढ्नसक्नेछ । उनीहरुले असार र पुष महिनामा देशका लागि अनिष्ठकारी अवस्था रहेकाले राष्ट्रप्रमुख र सरकार प्रमुखको ग्रहशान्तिको सिफारिस गरेका छन् । आधुनिक बिज्ञानको युगमा समेत हिन्दु धर्म र शास्त्रको प्रभाबस्वरुप ज्योतिष विज्ञामाथिको विश्वास र प्रभाव हटेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);