समयको महत्वप्रति प्रधानमन्त्री ओलीको चरम लापर्बाही | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

समयको महत्वप्रति प्रधानमन्त्री ओलीको चरम लापर्बाही

pm kp oli

काठमाडौं, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यावसायीहरुलाई तीन घण्टासम्म कुराएका छन् । प्रधानमन्त्री ओलीले समयको महत्वलाई बेवास्ता गरी उद्योगी व्यावसायीहरुलाई तीन घण्टासम्म पर्खाएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ५२ औं साधारणसभा उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निम्ता गरेको थियो । तर ओली निम्ता गरेको भन्दा तीन घण्टापछि मात्र कार्यक्रममा उपस्थित भए ।

प्रधानमन्त्री ओली निर्धारित समयमा उपस्थित नभएपछि महासंघको निम्तोमा कार्यक्रममा पुगेका अर्थमन्त्री डाक्टर युवराज खतिवडा र विभिन्न मुलुकका राजदूत कार्यक्रम सुरु नहुँदै फर्किए । विहान ११ बजे उद्घाटनका लागि बोलाइएका प्रधानमन्त्री ओली अपरान्ह २ बजे मात्र उपस्थित भए । तीन घण्टा ढिला उपस्थित भएका प्रधानमन्त्री ओलीले एक घण्टा लामो सम्बोधन गरे ।

उनले सम्बोधनका क्रममा आफू ढिला उपस्थित भएपनि नेपालीहरुलाई धैर्य गर्ने बानी लागेको गैरजिम्मेवार अभिव्यक्ति दिए । प्रधानमन्त्री ओलीले केही समय पहिले सरकारका मन्त्री र सचिवलाई बोलाएर मुलुकको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर काम गर्न र एक मिनेट पनि समय खेर नफाल्न निर्देशन दिएका थिए । तर तिनै प्रधानमन्त्री ओलीले दुई सयभन्दा बढी उद्योगी व्यावसायीको महत्वपूर्ण समय आफूलाई कुर्नमा खर्च गरिदिए ।

प्रधानमन्त्री ओली ढिला उपस्थित हुँदा उद्योगी व्यावसायीले अपरान्ह २ बजेका लागि तय गरिएको खाना पाँच बजे मात्र खान पाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);