दिगो विकास हुनेगरी सबै तहमा बजेटको व्यवस्था गर्न विज्ञको सुझाव | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

दिगो विकास हुनेगरी सबै तहमा बजेटको व्यवस्था गर्न विज्ञको सुझाव

काठमाडौं, २८ चैत । विज्ञहरुले दीगो विकास हुनेगरी सबै तहमा बजेटको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन । संघीयता तथा स्थानीय शासनका विज्ञ डा. खिमलाल देवकोटाले सरकारले मुलुकको शान्ति, समृद्धि र दीगो विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्नु पर्ने बताए ।

बुधबार काठमाडौंमा आयोजित ‘कस्तो हुनुपर्छ आगामी बजेट ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकमा दीगो शान्ति कायम हुने गरी ३ तहको सरकार निर्माण गरिएको पनि स्मरण गराए ।

देवकोटाले सबै राजनीतिक पार्टीको घोषणा पत्रले पनि बजेटको व्यवस्था गर्दा मुलुकको दिगो विकास र समृद्धिलाई नै जोड दिएको बताए ।

आगामी जेठ १५ गते सरकारले बजेट ल्याउने संवैधानिक व्यवस्था छ । देवकोटाले मुलुकको समृद्धि, दिगो शान्ति र विकासमा नै बजेट केन्द्रित भएर बजेट आउने विश्वास व्यक्त गरे । मुलुकको दिगो शान्ति, समृद्धि र सुशासनका लागि सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रको बलियो सहकार्य हुनुपर्नेमा विज्ञहरुको जोड छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);