मेलम्ची खानेपानीको लामो सुरुङ चार वर्षमा पूरा, अव आउला पानी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेलम्ची खानेपानीको लामो सुरुङ चार वर्षमा पूरा, अव आउला पानी ?

melanchi khanepani

काठमाडौं, २८ चैत । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २७ किलोमिटर लामो सुरुङ चार वर्षमा पूरा भएको छ । मंगलबार दिउँसो २ः२५ बजे २७.५८४ किमि सुरुङ ‘ब्रेक थ्रु’ भएसँगै मेलम्चीको पानी काठमाडौं छिटै आउने सम्भावना बलियो भएको छ । अन्य व्यवस्थापकीय काम सकेर आगामी भदौसम्ममा काठमाडौंमा पानी आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । तर, उपभोगका लागि भने माघदेखि मेलम्चीको पानी प्रयोगमा ल्याइने उनले बताए ।

अब, कति काम बाँकी
सुरुङ खनिए पनि प्लास्टर र भुइँ ढलान गर्न बाँकी नै छ । अहिलेसम्म ४.५ किमिमा मात्रै प्लास्टर र भुइँ ढलान भएको छ । २३.०८४ किमि सुरुङको प्लास्टर र भुइँ ढलान गर्न कम्तीमा तीन महिना लाग्ने समितिले जनाएको छ ।

सुरुङभित्र कम्तीमा तीनवटा एअर लिफ्ट भेन्टिलेटर पनि राख्नुपर्छ । यसका लागि कम्तीमा ६० दिन लाग्छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र सुरुङको मुख जोड्न २५० मिटर पाइप बिछ्याउन बाँकी छ । सिन्धुपाल्चोकस्थित पानीको मुहानमा पनि ६० मिटर लम्बाइको पाइप बिछ्याउन बाँकी छ । सुरुङभित्र छिर्ने अडिटको मर्मत पनि गर्नुपर्नेछ । सबै काम योजनाअनुसार अघि बढे सकिन कम्तीमा साउनको मसान्तसम्म कुर्नुपर्छ । तर, सबै काम सकिएको अर्को ६ महिनापछि मात्रै उपत्यकावासीले पानी पिउन पाउनेछन् ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);