काठमाडौं, २७ चैत । सरकारले यातायात व्यवासायीसँग घुँडा नटेक्ने दृढता व्यक्त गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको सिन्डिकेट कुनै हालतमा स्वीकार्य नहुने बताए ।
काठमाडौँमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री महासेठेले आन्दोलनरत व्यवसायीलाई कानुनमार्फत नै सिन्डिकेट खारेज गरिएको कुराको हेक्का राख्न चेतावनीसमेत दिए ।
सरकारले कोटेश्वरपूर्वमा नयाँ रुट इजाजत खुला गरेपछि विभिन्न यातायात व्यवसायीले त्यसको विरोधमा आन्दोलनको घोषणा गरेका छन् । तर, उनीहरुको आन्दोलन जायज मागका लागि नभएकाले असफल हुने मन्त्री महासेठको दाबी छ ।