मन्त्रीको नाममा बेरुजु ! | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

मन्त्रीको नाममा बेरुजु !

sanghiya sachibalaya

काठमाडौं, २७ चैत । मन्त्री भएका सांसदका नाममा संसद सचिवालयको आर्थिक प्रशासन शाखामा बेरुजु देखिएको छ ।

शाखालो केही मन्त्रीले हिसाव मिलान नगरेको जनाएको छ । शाखाका लेखापाल वैकुण्ठ उदासले मन्त्रीहरुले सांसदबापत पाएको रकम फिर्ता गर्नुपर्ने जनाउनुभएको छ । सांसदलाई खातामा पैसा हालिदिने गरेका छौं तर मन्त्री भएपछि प्रधानमन्त्री कार्यालयबाट तलब पाउनुहुन्छ, उदासले भन्नुभयो सांसद भएर मन्त्री नहुँदा जति दिनको बढी पैसा गएको छ फिर्ता माग्छौं ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।