प्रदेश ७ को नीति तथा कार्यक्रम स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

प्रदेश ७ को नीति तथा कार्यक्रम स्वीकृत

कैलाली, २६ चैत । प्रदेश नम्बर ७ को मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षको लागि प्रदेश सरकारका तर्फबाट पेश हुन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले आर्थिक बर्ष २०७४-०७५ को तीन महिनाको लागि पेश हुन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको हो । त्यस्तै बैठकले सरकारको सार्वजनिक लिखत प्रमाणीकरण गर्ने कार्यविधिसम्बन्धी विधेयक तर्जुमा गर्न स्वीकृति दिएको छ ।

बैठकले प्रदेश ७ मा असिनापानी, खडेरी, चट्याङजस्ता प्राकृतिक प्रकोपबाट पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।