काठमाडौं, २५ चैत । सुनचाँदी व्यवसायीहरुले व्यवसायीक सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । नेपाल सुनचाँदी व्यवसायी महासंघले चोरी, लुटपाट एवम् व्यवसायीमाथिनै सांघातिक आक्रमण भईरहेकोतर्फ गम्भिर ध्यानाकर्षण गराउँदै तत्काल उचित सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।
व्यवसायीहरुले सुनचाँदीको गरगहना निर्यातका लागि सहज नीतिगत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारदेखि काठमाडौंमा महासंघको ५ औं वार्षिक साधारण सभा हुँदैछ । साधारणसभाले सुनचाँदी व्यवसायलाई अझ बढि पारदर्शी, अनुशाशित, मर्यादित र भरपर्दो बनाउने बताइएको छ ।