काठमाडौं, २४ चैत । गृहमन्त्री रामबहादुर थापाले संविधान र कानुन विपरित गतिविधि सञ्चालन गर्नेलाई कार्बाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।
शनिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधि राजनीतिक नभएको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सरकारले काम गरिरहेको बताए ।
संविधान र कानुन विपरितका हिंसात्मक गतिविधी रोक्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । फरक प्रसंगमा उनले प्रहरी प्रमुख नियुक्ती वैज्ञानिक, नियमसंगत र निश्चित प्रक्रिया अनुसार गरिने बताए ।