काठमाडौं, २४ चैत । दन्त चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
शनिबारबाट सुरु भएको सम्मेलनमा दन्त रोग उपचारमा प्रयोग हुने नयाँ प्रविधि र त्यसको उपचार विधिका बारेमा छलफल हुने जनाइएको छ । सम्मेलनमा विभिन्न मुलुकका १३ जना दन्त विशेषज्ञहरुले दाँतको इम्प्लान्ट, नक्कली दाँत, दाँत बाध्ने तथा गिँजाको उपचार तथा रोकथामका बारेका कार्यपत्र प्रस्तुत गर्नेछन् । अन्य देशको तुलनामा नेपालमा दाँतको उपचार सस्तो भएपनि पहिलो प्राथमिकता रोकथामलाई नै दिनुपर्ने चिकित्सकहरुको भनाइ छ ।
सम्मेलनमा नेपाल सँगै भारत, मलेसिया, थाइल्याणड, ब्रजिल, साउथ अफ्रिका, जर्मनी, सर्भिया, लगायत मुलुकका दन्त विशेषज्ञहरुको सहभागिता रहेको छ ।