चीनतर्फ ढल्केको छैनः ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

चीनतर्फ ढल्केको छैनः ओली

oli modi

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र परराष्ट्र नीति अँगालेको जनाउँदै भारत र चीनसँगको नेपाल सम्बन्धलाई एक अर्कासँग तुलना गर्न नहुने बताएका छन् ।

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार चीनतर्फ नढल्केको पनि स्पष्ट पारेका छन् । भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित अन्तर्वार्तामा ओलीले भनेका छन्,

हामीले स्वतन्त्र परराष्ट्र नीति अँगालेका छौं । अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा सन्तुलित नीति अपनाएका छौं । चीन हाम्रो नजिकको छिमेकी हो । मैले भन्दै आएको छु, भारतसँग हाम्रो बहुमुखी सम्बन्ध छ ।

म एउटासँगको सम्बन्धलाई कुनै पनि रुपमा अर्कोसँग गरिने तुलनाको विरुद्धमा छु । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);