श्रीमान, सासु-ससुरा मिलेर महिलालाई जिउँदै जलाएर मार्ने प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

श्रीमान, सासु-ससुरा मिलेर महिलालाई जिउँदै जलाएर मार्ने प्रयास

पर्सा, २३ चैत । पर्साको छिपहरमाई गाउँपालिका तुलसिबर्वामा एक महिलालाई श्रीमान र सासु ससुरा मिलेर जलाएर मार्ने प्रयास गरेका छन् । महिलालाई जलाएर घरमै बन्धक बनाएको १० दिनपपिछ घटना सार्वजनिक भएको हो ।

तुलसिबर्वाकी रविना खातुनलाई गत चैत १३ गते श्रीमान सबिरमिया धोबी र सासु ससुराले जलाएर हत्या गर्ने प्रयास गरेका हुन् । गरगहना खोसेर घरबाट निकाल्न खोज्दा प्रतिवाद गरेपछि श्रीमान र सासु ससुराले जलाएको पीडित रविनाको भनाई छ ।

हिजो घरबाट भाग्न सफल भएकी रविना न्यायको लागि प्रहरीकोमा पुगेक थिइन् । रविनाको अहिले नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ । रविनाको कम्मर र दाहिने खुट्टा जलेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);