पर्सा, २३ चैत । भरतको सहयोगमा पर्सामा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसीपी) भोलीदेखि संचालनमा आउने भएको छ । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोली संयुक्त रुपमा भारतबाटै स्वीच दबाएर आइसीपीको उद्धघाटन गरेपछि सञ्चालनमा आउने भएको हो ।
१ सय १५ बिगाहा जग्गामा निर्माण गरिएको एकिकृत भन्सार जाँच चौकी संचालनमा आएपछि आयात निर्यात गर्न सहज र चोरी पैठारी नियन्त्रण हुने अपेक्षा छ ।
एक अर्ब ३९ करोडको भारतीय सहयोगमा आइसीपी निर्माण गरिएको हो । सन् २०१३ मा सम्पन्न गर्नुपर्ने भएपनि ठेकेदारको लापरवाही, जग्गा मुआव्जा विवाद र स्थानीयको अवरोधका कारण ढिलाई भएको हो । प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा उद्धघाटन हुने भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रीका यादवले चौकीमै पुगेर अवलोकन गरेक थिए ।