तराईमा यो बर्ष आँपको उत्पादन बढ्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

तराईमा यो बर्ष आँपको उत्पादन बढ्ने

बटुकनाथ झा
धनुषा, २१ चैत । तराईमा यो बर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपको बोटमा अत्याधिक फूल फुलेपछि उत्पादन बढ्ने भएको हो । गत बर्ष भन्दा यो बर्ष दोब्बर आँप उत्पादन हुने भएपछि कृषकहरु मख्ख छन् । आँपको फूललाई जोगाउन औषधि उपलब्ध गराउन कृषकहरुले माग गरेका छन् ।

धनुषा लगायतका तराईका जिल्लामा आँपको बोटमा अत्याधिक फूल फुलेको छ । गत बर्ष भन्दा यो बर्ष धेरै फूल फुलेपछि आँपको उत्पादन धेरै हुनेमा कृषक ढुक्क छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार यो बर्ष ९० प्रतिशत आँप फल्ने सम्भावना छ ।

कृषकहरुले आँपको फूल जोगाउन समयमै औषधि उपलब्ध गराउन माग गरेका छन् । औषधी नभएकाले आपँको फूल जोगाउन कृषकलाई कठिन भएको छ ।

गत बर्ष धनुषामा ३ हजार २ सय ३८ हेक्टरमा जग्गामा आँपको खेती गरिएकोमा ४ हजार ३ सय ७१ मेट्रिकटन आँप उत्पादन भएको थियो । यो बर्ष ३ हजार ३ सय ६६ हेक्टर जग्गामा आँपको खेती गरिएको छ । यो बर्ष धनुषामा ३० हजार ७ सय ५८ मेट्रिकटन आँप उत्पादन हुने अनुमान छ ।

धनुषामा माल्दह, बम्बे, कलकतिया, कृष्णभोग, दसहरी, केरबा, गुलाबखास लगायतका आँप उत्पादन हुने गरेको छ । आँपमा लाग्ने किरा मार्ने औषधि समयमा छर्ने हो भने कृषकहरुले लक्ष्य अनुसारको आँप उत्पादान हुने दाबी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);