वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारतको प्रतिष्ठित पदमश्री पदक | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारतको प्रतिष्ठित पदमश्री पदक

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले भारतको प्रतिष्ठित पदमश्री पदक पाएका छन् ।

sanduk ruit

काठमाडौं, २० चैत । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले भारतको प्रतिष्ठित पदमश्री पदक पाएका छन् ।

कम शुल्कमा मोतीविन्दूको शल्यक्रिया गरी एकलाख भन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका छन् । रुइतलाई पदक दिने घोषणा गरेको थियो । सोमबार आयोजित एक कार्यक्रमका बीच भारतका राष्ट्रपति श्रीराम नाथ कोविन्दले रुइतलाई पदक दिएका हुन् । पदमश्री पदक भारत सरकारले दिने प्रतिष्ठित पदकमध्ये एक मानिन्छ ।

तिलगंगा आँखा केन्द्रका निर्देशक रहेका रुइतले एक लाखभन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया गरेका छन् । विभिन्न देशमा रुइतले निभदएको तालिम र प्रविधिले झण्डै ४० लाख मानिसले आँखा देख्न सक्ने भएका छन् । यही योगदानको कदरस्वरुप सन् २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट सम्मानित भएका थिए ।