काठमाडौं, १६ चैत । एन्फाको एउटा समूहले आगामी बैशाख ९ गतेभित्र एन्फाको निर्वाचन हुने दाबी गरेको छ । एन्फाका पूर्व उपाध्यक्षले कर्मा छिरिङ शेर्पा समूहले एन्फाको निर्वाचन यतिकै नटर्ने बताएको हो ।
आज राजधानीमा पत्रकार सम्मेलन गरी एन्फाका पूर्व उपाध्यक्ष शेर्पाले एन्फाको आन्तरिक विवाद समाधान भइसकेको दाबी गरे ।
उनका अनुसार यही चैत २३ गतेभित्र मकवानपुर, २७ गते भक्तपुर जिल्लामा निर्वाचन सम्पन्न गराई बैशाख ९ मा एन्फाको निर्वाचन हुने गरी सहमति भएको छ ।
एएफसीले पनि नेपाललाई पहिलो र अन्तिम मौका दिएको उनको भनाइ छ । निर्वाचनमा आफूलाई वञ्चित गराइएको भन्दै भक्तपुर र मकवानपुरले पाटन अदालतमा मुद्दा हालेपछि निर्वाचन स्थगित भएको छ ।