काठमाडौं, १६ चैत । फिटनेस फस्र्ट क्लबको आयोजनामा चौथौँ ‘मिस्टर फिटनेस फस्र्ट तथा मेन्स स्पोटर्स फिजिक च्याम्पियनसिप’ प्रतियोगिता सञ्चालन हुने भएको छ ।
आगामी चैत्र २४ गतेबाट हुने प्रतियोगितामा ६० के.जी मुनी तौल समुह, ६० केजीदेखि ७० केजी तौल, ७० केजीभन्दा माथिका तौल गरी तीनवटा वजन समुह अन्तर्गत खेलाइने छ ।
प्रतियोगितामा पहिलो हुने खेलाडीलाई मिस्टर फिटनेस फस्र्टको उपाधी, नगद ३५ हजारसहित ट्रफी, सप्लीमेन्ट, टी–सर्ट तथा ब्यानेट प्रदान गरिने छ ।
यस्तै दोस्रो हुनेलाई २० हजार रुपैयाँ, तेस्रो हुनलाई नगद १० हजार रुपैयाँसहित ट्रफी, सप्लीमेन्ट तथा ब्यानेट प्रदान गरिने छ । प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद ५ हजार दिइने आयोजकले जनाएको छ ।