शुक्रबारको प्रतिनिधिसभा बैठकमा कुन सांसदले के भने ? | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

शुक्रबारको प्रतिनिधिसभा बैठकमा कुन सांसदले के भने ?

काठमाडौं, १६ चैत । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले किसानले उखुको मुल्य नपाएको, लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सम्बोधन गर्न सकारको ध्यानाकर्षण गराएका हुन् ।

स्वतन्त्र सांसद ह्ृदयश त्रिपाठीले स्थायी प्रकृतिको आयोग वा समिति बनाएर उखु लगायत कृषिजन्य उत्पादनको मुल्य निर्धारण गर्न माग गरे । त्यसैगरी नेकपा माओवादी केन्द्रका सांसद प्रभु शाहले गत साउनमा तराईका जिल्लामा आएको बाढी प्रभावितलाई दिने भनि घोषणा भएको राहत कागजमा मात्रै सिमित भएको भन्दै तत्काल कार्यान्वय गर्न माग गरे ।

राष्ट्रिय जनता पार्टीका सांसद अनिल कुमार झाले रौतहटमा असिनाले कृषकको बालीमा ठुलो क्षति पुर्याएको भन्दै तत्काल राहतको व्यवस्था गर्न माग गरे । उनले कृष्ण जन्माष्टमी, छठ लगायत पर्वको विदा कटौती गर्ने सरकारको निर्णय प्रति आपत्ती जनाए ।

संघिय समाजवादी फोरम नेपालका सांसद बिमल श्रीवास्तवले मुल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए । उनले दलितका लागि हरेक जिल्लामा ५ सय देखि २ हजार घर बनाउने सरकारको पूर्व घोषित कार्यक्रम पनि प्रभावकारी हुन नसकेको भन्दै यथासिघ्र घर बनाउन माग गरे।

आदीबासी जनजातीले बुधबार बानेश्वरमा गरेको शान्तिपूर्ण विरोधमा सरकारले हस्तक्षेप गरेको भन्दै उनले आपत्ती जनाए । स्वतन्त्र हैसियतमा रहेकी राष्ट्रिय जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेलले प्रवासमा रहेका नागरिकलाई सम्बन्धीत देश बाटै मतदानको अधिकार दिने गरि व्यवस्था गर्न चैत ७ गते सर्वोच्च अदालतद्धारा भएको आदेश कार्यान्वयनका लागि तत्काल आवश्यक नीति नियम तथा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाली कांग्रेसका सांसद जिपछिरिङ्ग लामाले भूकम्पले क्षतिग्रस्त भएका भवन पुर्ननिर्माण र पीडितको पुर्नबास नसकिदै चैत मसान्त भित्र पुर्ननिर्माणमा खटाएका कर्मचारी र जिल्ला स्थित कार्यालय हटाउने निर्णय गरिएको भन्दै निर्णय तत्काल फिर्ता लिन सरकारसंग माग गरे ।

सांसद गजेन्द्र बहादुर महतले सबै दृष्टिले पछाडि परेको जुम्ला र जुम्लाका जनप्रतिनिधिलाई सिंहदरबारमा मन्त्रीले माग्नेको जस्तो व्यवहार गर्ने गरेको भन्दै आक्रोश पोखे ।

सांसद प्रेम सुवालले मंहगी नियन्त्रण, खानेपानी सुविधा, सडक जामको अन्त्य लगायत आधारभुत विषयमा सरकारको ध्यानाकर्षण गराए ।

बैठकले संघीय संसदको पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन भएकोमा राष्ट्रपतिलाई बधाई दिएको छ ।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संसोधन अध्यादेश २०७४ लाई स्वीकृत गरेको छ ।

बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रस्तुत भएको छ । अर्को बैठक आगामी १९ गते सोमबार अपरान्ह १ बजे का लागि बोलाईएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);