एजेन्सी , १६ चैत । गाजा क्षेत्रमा इजरायली सेनाले गरेको सैन्य कार्बाहीमा प्यालेस्टाइनका एक किसानको मृत्यु भएको छ । प्यास्टाइनका अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा प्यालेस्टानीहरुको विरोध र्याली सुरु हुनअघि उक्त घट्ना भएको हो ।
इजरायलले भने सीमामा अराजक गतिविधि सुरु भएपछि जवाफी कार्बाही गरिएको बताएको छ । घट्नापछि खान शहर नजिक रहेको दक्षिणी गाजा तनावग्रस्त बनेको छ । उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।




