प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल हुन्छ : डा. भट्टराई | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल हुन्छ : डा. भट्टराई

काठमाडौं, १४ चैत । परराष्ट्रविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल हुने विश्वास व्यक्त गरेका छन् । परराष्ट्रविद्हरुले प्रधानमन्त्री ओलीलाई नेपालको समृद्धिका लागि भारतीय लगानी भित्राउने सम्बन्धमा पनि छलफल गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी भईरहेको छ । सोही सम्बन्धमा छलफल गर्न बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता एवम् परराष्ट्रविद डा. राजन भट्टराई र परराष्ट्रविद डा. शंकर शर्माले प्रधानमन्त्री ओलीलाई भारतीय लगानी भित्राउने सम्बन्धमा छलफल गर्न सुझाव दिए ।

नेपाल–भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका परराष्ट्रविद भट्टराईले प्रधानमन्त्री ओलीले भारतसँग पारस्परिक हितको आधारमा नयाँ उचाईका साथ सम्बन्ध विस्तार गर्ने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीको भारत भ्रमणबाट दुई मुलुक बीचको विगतका तिता सम्बन्धको अन्त्य हुने परराष्ट्रविद भट्टराईको दावी छ ।

अर्का परराष्ट्रविद डा. शर्माले प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा बैदेशिक लगानी भित्राउने सम्बन्धमा कुराकानी गर्न सुझाव दिए । उनले बाह्य लगानी भित्राएर नेपालको आर्थिक विकास गर्न प्रधानमन्त्री ओली सफल हुने विश्वास व्यक्त गरे ।

पूर्व राजदुत समेत रहेका शर्माले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पनि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले पूर्वाधारको अभावमा नेपालमा पर्यटकहरुको आगमन सोचेजस्तो नभएकाले त्यसको विकासमा सरकार केन्द्रित हुनुपर्ने आवश्यक्तामा जोड दिए ।

परराष्ट्रविद शर्माले आयात घटाउने र निर्यात बढाउने विषयमा पनि सरकारले विशेष प्राथमिकतामा राख्नु पर्ने बताए । प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणको औपचारीक मिति घोषणा नभए पनि ओली २३ देखि २५ चैतसम्म भारतको तीनदिने राजकीय भ्रमणमा जाने तयारीमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);