उखु उद्योगीले कृषकहरुलाई तिर्न बाँकी रकम दिन सहमत | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

उखु उद्योगीले कृषकहरुलाई तिर्न बाँकी रकम दिन सहमत

देश नम्बर २ का उखु उद्योगीले कृषकहरुलाई तिर्न बाँकी रकम दिन सहमत भएका छन् ।

sugarcane

काठमाडौं, १४ चैत । प्रदेश नम्बर २ का उखु उद्योगीले कृषकहरुलाई तिर्न बाँकी रकम दिन सहमत भएका छन् । प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको पहलमा बसेको उद्योगी र कृषकहरुको संयुक्त बैठकमा कृषकलाई तिर्न बाँकी रकम दिन उद्योगी सहमत भएका हुन् ।

कृषकलाई यही चैत २२ गतेभित्र रमक उपलब्ध गराउन उद्योगी सहमत भएका छन । पहिलो चरणमा एक महिनाको र त्यसपछि १५ दिनभित्र सबै रकम भुक्तानी गर्न उद्योगी सहमत भएका हुन् । भुक्तानी पाउने भएपछि उखु कृषकहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् ।
कृषकहरु भुक्तानी नपाएको भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);