१३ बर्षीय नातिलाई एचआईभी ! 'एउटा भगवान् खोजिरहेछु' | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

१३ बर्षीय नातिलाई एचआईभी ! ‘एउटा भगवान् खोजिरहेछु’

hiv balak

धनगढी, १४ चैत । गोदावारी नगरपालिका १२ ओलनीकी ७५ बर्षीय जौमती विक एचआईभी संक्रमित नाथिको उपचारका लागि एचाआरट लिन प्रत्येक महिना धनगढीस्थित सेती अञ्चल अस्पताल धाउँछिन् ।

केही बर्षअघि एचआईीकै कारण छोराबुहारीको मृत्यु भएपछि जौमतीको काँधमा १३ बर्षीया नातिलाई हुर्काउने मात्र होईन, उनको औषधि उपचारको जिम्मेवारी पनि थपिएको छ ।

उनका दुई नाबालक नाति छन् ।

एउटा डेढ बर्षको र अर्को ५ बर्षको छाँदा छोराबुहारीको मृत्यु भयो, उनले भनिन्, टुहुरा नाातिलाई हुर्काउन बुढेसकालमा दुःख खेपिरहेको छु, । उनको कान्छो नाति कोमल गर्भमै एचआईभी पोजिटिभ भएर जन्मिए । जेठो नाति भने संक्रमण बाट जोगिए ।

अहिले जेठो साथमा छैन ।

१४, १५ बर्षको उमेरमा उसले घर छोड्यो, कहाँ गयो अत्तोपत्तो छैन, बृद्धा जौमतीले सूस्केरा हालिन्, कान्छो नाति मेरै सहारामा बाँचरिहेको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।