जनकपुरधाम, १३ चैत । प्रदेश नम्बर २ का उखु उद्योगीले कृषकहरुलाई तिर्न बाँकी रकम दिन सहमत भएका छन् । प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको पहलमा बसेको उद्योगी र कृषकहरुको संयुक्त बैठकमा कृषकलाई तिर्न बाँकी रकम दिन उद्योगी सहमत भएका हुन् ।
कृषलाई यही चैत २२ गतेभित्र रमक उपलब्ध गाराउन उद्योगी सहमत भएका हुन् । पहिलो चरणमा एक महिनाको र त्यसपछि १५ दिन भित्र सबै रकम भुक्तानी गर्न उद्योगी सहमत भएका हुन् ।
भुक्तानी पाउने भएपछि उखु कृषकहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् । कृषकले भुक्तानी नपाएको भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।