श्रीमान जोगाउन सम्धीमाथि बलात्कार मुद्दाको प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

श्रीमान जोगाउन सम्धीमाथि बलात्कार मुद्दाको प्रयास

mahila

वीरगन्ज, ९ चैत । बुहारीलाई बलात्कारको प्रयास गरेको मुद्दामा फरार रहेका श्रीमानलाई जोगाउन नक्कली मुद्दा बनाउने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित बुहारीका बाबुले आफूलाई बलात्कार गरेको भनी नक्कली मुद्दा दर्ता गराउन आएपछि वीरगन्ज महानगरपालिका १३ राधेमाईकी सकीला खातुनलाई प्रहरीले पक्राउ गरेको हो । उनका श्रीमान मन्सुरबाबु सिद्दकी आफ्नी कान्छी श्रीमतीतर्फका छोराकी पत्नीलाई गत मंसिर १८ गते घरभित्रै बलात्कारको प्रयास गरेको मुद्दामा फरार छन् ।

सकीलाले बुहारीका बाबु बाराको बेल्दारी श्रीपुर घर भएका तैयब अन्सारीलाई बलात्कार मुद्दा लगाउने प्रयास गरेकी थिइन् । महिला प्रहरीले अनुसन्धानको क्रममा केरकार गरेपछि सकीलाले आफूले सम्धी तैयबलाई झुटा आरोप लगाएको बयान दिएकी प्रहरी परीक्षक गणेश रेग्मीले बताए । आजको नागरिक दैनिकको पृष्ठ ५ मा यो खबर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);