सार्वजनिक बिदा कटौति गर्दै सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सार्वजनिक बिदा कटौति गर्दै सरकार

simhadarbar

काठमाडौं, ९ चैत । सरकारले धार्मिक र विभिन्न समुदायका चाडबाडका लागि दिइने सार्वजनिक बिदा कटौती गर्ने भएको छ । बिदासम्बन्धी निर्णय गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा कुका उपसचिव भरतकुमार शर्माका अनुसार शाखाले बिदाको खाका बनाएर क्याबिनेटमा पठाइसकेको छ ।

गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको मन्त्रिपरिषदको सामाजिक समितिले छलफल गरिसकेपछि क्याबिनेटले निर्णय गर्ने शर्माले बताए ।
शर्माले भने,

हामीले कुन दिन बिदा दिनुपर्ने र कुन दिन नदिँदा हुने भनेर मंगलबार रायसहित पठाएका छौँ । सरकारले आवश्यक निर्णय गर्छ, त्यसमा केही थपघट हुनसक्छ ।

धार्मिक र सांस्कृतिक बिदा त्यही समुदाय र वर्गमालाई मात्र दिन सकिने र सेवाग्राहीको दैनिक कामकाजमा प्रभाव पार्न नहुने शाखाको प्रस्ताव छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);